राष्ट्रिय सुरक्षा नीतिको ‘मार्गनिर्देशिका पुस्तिका’ कार्यान्वयनमा

 ग्लोबल टिभि      बुधबार, चैत्र २, २०७८      0

चैत्र २
राष्ट्रिय सुरक्षा नीति–२०७५ को एकीकृत कार्ययोजनाको मार्गनिर्देशिका पुस्तिका कार्यान्वयनमा आएको छ ।

बुधवार राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २१ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्रीले मार्गनिर्देशिका पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले तयार गरेको मार्गनिर्देशिका पुस्तिका कार्यान्वयनका लागी सम्बन्धित मन्त्रालयमा पठाइने सुरक्षा परिषद्को सचिवालयले जनाएको छ । राष्ट्रिय सुरक्षा तिनीको आधारमा सुरक्षा परिषद्ले मार्गनिर्देशिका पुस्तिका तयार पारेको हो ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिक उत्सव समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय सुरक्षा तिनीको कार्यान्वयनमा सचिवालयले महत्वपुर्ण भुमिका खेल्नेमा आफु विश्वस्त रहेको बताए । ‘राष्ट्रिय सुरक्षा नीतिलाई कार्ययोजना बनाएर सम्बन्धित निकायमा पठाइने छ’ प्रधानमन्त्रीले भने–‘राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउँदै लैजान आवश्यक छ ।’

राष्ट्रिय सुरक्षाको दृष्टिले महत्वपुर्ण मानिने पछिल्लो राष्ट्रिय सुरक्षा निती र प्रतिरक्षा निती कार्यान्वयनका लागी आवश्यक कार्ययोजना कार्यान्वयनमा आएको प्रधानमन्त्री देउवाले बताए । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय २०५८ सालमा स्थापना भएको थियो । वार्षिकोत्सव समारोहमा प्रधानमन्त्रीले सिंहदरबार स्थित पुतली बगैँचामा बिरुवा रोपेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *