प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि आइतबार छलफलको समय निर्धारण हुने

 ग्लोबल टिभि      शनिबार, फाल्गुन २८, २०७८      0

काठमाडौं ,फागुन २८गते। प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने भएकाे छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौममद्वारा सार्वजनिक गरिएको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल गर्ने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ ।
जबराविरुद्धको महाभियोग प्रस्तावमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसाल गौतम र नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्तावमा ९५ जना सांसदहरू उभिएका छन् ।
यस्तै, बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन, २०७८’ पेश गर्ने कार्यसूची छ ।
आइतबारको बैठकमा पनि नेकपा (एमाले)ले अवरोध कायमै राख्ने भएको छ । आफ्ना माग सम्बोधन नभएसम्म संसदको अवरोध जारी राख्ने अडानमा एमाले छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *