लायन्स अन्तर्राष्ट्रिय,डिष्ट्रिक ३२५ एल नेपालको डिष्ट्रिक क्याविनेट अफिसर कार्यक्रम सम्पन्न

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ २९, २०८१      0

जेठ २९ – लायन्स अन्तर्राष्ट्रिय,डिष्ट्रिक ३२५ एल नेपालको लायनवर्ष २०२४÷०२५ को डिष्ट्रिक क्याविनेट अफिसर कार्यक्रम सम्पन्न भएको छ ।
काभ्रेको धुलिखेलमा तीन दिनसम्म चलेको कार्यक्रममा १ सय ३५ जना क्याविनेटका विभिन्न पदाधिकारीहरु तथा अन्य गरेर १ सय ५० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर ईलेक्ट लायन सुमन भट्टले लायन वर्ष २०२४÷०२५ को कार्यक्रमहरुको बारेमा विस्तृत जानकारी गराएका थिए । यस्तै,उनले लायन्स क्लब,यसको स्थापनाको इतिहास,नेपालमा लायन्स मार्फत गरिएका मानविय सेवा र यसले नेपालको सेवा क्षेत्रमा खेलेको भूमिकाको समेत चर्चा गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिकका मनोनित सिनियर क्याविनेट अफिसरहरुलाई निर्वतमान डिष्ट्रिक गभर्नर लायन मणि श्री रत्नबज्राचार्य,जाने चियरपर्सनहरुलाई डिष्ट्रिक गभर्नर लायन भट्ट र रिजन चियरपर्सनहरुलाई प्रथम भाइस डिष्ट्रिक गभर्नर लायन एकनारायण शर्माले पदियदायित्व अनुसारको काम,कर्तव्य र अधिकार सम्बन्धमा छुट्टछुट्टै प्रशिक्षण दिएका थिए ।

लायन भट्टले कार्यक्रममा सहभागी लायन्स सदस्यहरुले जनाएको सामाजिक सेवा लगायत विभिन्न प्रतिवद्धताले आफुमा निकै उर्जा थपिएको बताएका थिए । डिष्ट्रिक क्याविनेट अफिसर स्कुलिङ कार्यक्रममा लायन्स अन्तर्राष्ट्रियका अन्तराष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटी,पूर्व अन्तर्राष्ट्रिय निर्देशक तथा कन्सिच्युसनल एरिया लिडर लायन संजय खेतान,ग्याट एरिया लिडर लायन खगेन्द्र सिटौला,एलसिआईएफ एरिया लिडर लायन्स राजन लम्साल लगायतले प्रशिक्षण गरेका थिए ।

कार्यक्रममा किनोट स्पिकरको रुपमा काठमाडौ विश्वविद्यालयका रजिसटार प्राफेसर डा.अच्युतप्रसाद वाग्ले रहेका थिए । मोटिभेसन स्पिकरको रुपमा चर्चित मोटिभेटर सौनक भट्टले लायन लिडरहरुलाई उत्प्रेरित गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *