ग्लोबल टिभि
0
चैत ६ – नेपाली सेनाको सहायक रथी रामप्रसाद अधिकारी उपरथीमा र महासेनानी मुकेश बाटाजु सहायक रथीमा बढुवा भएका छन् ।
यही चैत चार गतेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई विशेष बढुवा गर्ने निर्णय गरेको थियो । बढुवापछि आज जंगी अड्डामा आयोजित एक कार्यक्रममा उनीहरुले दर्ज्यानी चिह्न ग्रहण गरे । प्रधानसेनापति अशोक राज सिग्देलले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सो कार्यक्रममा अन्य रथी, अधिकृतहरुका साथै पदोन्नति भएका परिवारहरुको उपस्थिति थियो ।
Post Views: 58
Leave a Reply