ग्लोबल टिभि
0
माघ २६
डिश होमले आफ्ना ग्राहकमाझ उत्कृष्ट सेवा पुर्याएको भन्दै डिलरहरूलाई सम्मान गरेको छ ।
महेन्द्रनगर सर्भिस सेन्टरमा कार्यक्रम गरी डिश होमले उनीहरुलाई सम्मान गरेको हो । डिशहोम\डिशहोम फाइबर नेटको बिक्री गरी ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने अत्तरियाका एस.के.लाइट हाउस र उग्रतारा बिजुली भण्डार तथा धनगढीको लामा ट्रेडर्स, महेन्द्रनगरको केपी इन्टरप्राइजेज, पुनर्वासको अधिकारी इलेक्ट्रोनिक, वाणीका आर्या इलेक्ट्रोनिकलाई उपहारस्वरुप एक–एक थान ल्यापटप प्रदान गरिएको छ ।
डिशहोम फाइबर नेटले ग्राहकको आवश्यकताअनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेज ल्याएको जनाएको छ । कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपी एस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएस सम्मको प्याकेज उपलब्ध रहेको छ ।
Post Views: 1,370
Leave a Reply