ग्लोबल टिभि
बुधबार, फाल्गुन २५, २०७८
0
पाँचथर फाल्गुन २५
पाँचथरको फालेलुङ गाउपालिकामा आनिपान भाषा शिक्षकहरुका लागि ३ दिने तालिम मंगलबार देखि सुरु भएको छ ।
फालेलुङ गाउपालिकाको केन्द्र थोक्लिम्वामा सुरु भएको तालिममा फालेलुङका विभिन्न विद्यालयहरुमा कार्यरत २० जना भन्दा वढि आनिपान भाषा शिक्षकहरुको सहभागिता रहेको जनाइएको छ ।
तालिमको सहजिकरण लिम्वु भाषा विकास संस्था (लिल्डा) का अध्यक्ष दिलेन्द्र कुरुम्वाङले गरिरहेका छन् । फालेलुङ गाउपालिकाको सहयोगमा किरात याक्थुङ चुम्लुङ गाउकार्य समिति फालेलुङको आयोजनामा तालिम शुरु भएको हो ।
तालिमको उद्घाटनमा प्रमुख अतिथि फालेलुङ गाउपालिका अध्यक्ष सन्च कुमार केरुङ सहित उपाध्यक्ष हिमा अधिकारि फालेलुङ गाउपालिको प्रमुख प्रसाशकिय अधिकृत विनोद कुमार चौहान र फालेलुङ ३ का वडा अध्यक्ष विर वित्रम थाम्सुहाङको सहभागिता रहेको थियो ।
Post Views: 1,149
Leave a Reply