ग्लोबल सञ्जाल

 ग्लोबल टिभि      बिहिबार, चैत्र ३, २०७८      0

चैत ३
ग्लोबलसंजालमा हामी हरेक दिन सार्वजनिक महत्वको विषयमा सञ्जालकर्ताहरुले अभिव्यक्त गरेका विचारहरुलाई समेट्ने गर्दछौ । आज हामिले समसामयिक बिषयवस्तुमाथि गरिएका टिप्पणीलाई प्राथमिकताको साथ पस्केका छौ ।

१. माओवादी अध्यक्षको प्रतिक्रियालाई लिएर बिष्लेशक मुमाराम खनाल
निर्वाचनलाई एउटा स्वाभाविक लोकतान्त्रिक विधिको रुपमा स्वीकार गरे पो निर्वाचन ’जीवनमरणको लडाई’ होइन, ’लोकतान्त्रिक आचरण’ बन्छ। पुष्पकमल दाहालको हरेक अभिव्यक्तिमा उही जीवनलाई ’मरण’मा नपुर्याईकन नछोड्ने कुरा आउँछ। यिनलाई सधैं “जनयूद्ध जारी छ।“
२. चीन र रुसका दुई न्यायाधीशले फैसलामा असहमति जनाएको बिषयमा धुव्र अधिकारी ट्वीट गर्छन् ।
चीन र रुसका दुई न्यायाधीशले फैसलामा असहमति जनाएका हुन्। अध्यक्षता अमेरिकी न्यायाधीश (महिला)ले गरेकी छिन्। संयुक्त राष्ट्रसंघको एक अङ्ग रहेको यो न्यायालयको आदेशको उल्लंघनले गरिरहेमा रुस अझ एक्लिंदै जाने स्थिति आएको छ।
३.अदालतको बिषयमा डा .सुन्दरी पोखरेल लेख्छीन् ।
अदालतको दुरुपयोग पहिले पनि गरे, अब पनि गर्ने दाउ देखिन्छ। साथमा २ तिहाइ नभए पनि महाभियोग ल्याउनु नियत खराब नै हो।अदालत दुरुपयोग गर्न महाभियोग टुंगो नलगाई संसद अधिवेशन समाप्त पारे। अब यिनले अदालत समाप्त पार्न सक्छन् ।
४. फागु पूर्णियामा शुभकामना दिदै बिनोद न्यौपाने लेख्छन् ।
धेरै धर्मालम्बी यहि फागु पूर्णियामा नेपालीहरु जोडिन्छन ! यसको सारै राम्रो पक्क्ष ! यहाँहरुको भलो होस् ! राम्रो होस् !

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *