पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

 ग्लोबल टिभि           0

भदौ १५ –पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । डोजरले पहिरो पन्छाएपछि बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो ।

पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *