भक्तपरमा गाडीले किच्दा १७ महिने शिशुको मृत्यु

 ग्लोबल टिभि           0

असोज ७ –भक्तपुरको लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु भएको छ ।

शुक्रबार बिहान भक्तपुरको मध्यपुर ठिमी–१ लोकन्थलीका केशवलाल श्रेष्ठका १७ महिनाका छोरा सलिन खेल्दा खेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए ।

पानी झारेर गाडी अगाडि बढाउने क्रममा किचेर घाइते भएका उनको समिट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी चालक सिन्धुपाल्चोक मेलम्ची–३ घर भई मुलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *