बानेश्वर प्लाजामा खुलाइयो भूमिगत पार्किङ

 ग्लोबल टिभि           0

असोज ७ –बानेश्वर प्लाजामा भूमिगत पार्किङ सुरु भएको छ । यसअघि विभिन्न पसल व्यवसाय चलिरहेको ठाउँमा पार्किङ सुरु भएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच प्लाजामा भूमिगत पार्किङ सञ्चालनमा आएको औपचारिक उद्घाटन भएको नयाँ बानेश्वर व्यापार व्यवसायी संघले जनाएके छ । संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार सबै भूसमगत पार्किङहरु सञ्चालनमा आएपछि बानेश्वर चोकमा हाल भइरहेको अव्यवस्थित पार्किङको ८० प्रतिशत समाधान हुने अनुमान गरिएको छ ।

‘यहाँबाट काठमाडौंको भूमिगत पार्किङ खोल्ने कामको सुरुवात भएको थियो,’ उनले भने, ‘सबै भूमिगत पार्किङहरु तोकिएको प्रयोजनमै आए भने बानेश्वरको अव्यवस्थित पार्किङको समस्या धेरै हदसम्म समाधान हुन्छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *