सामान डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने दराजको निर्णय

 ग्लोबल टिभि           0

असोज ८ –वातावरणमैत्री सञ्चालनतर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ।

यसका लागि कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक बाइक खरिद गरेको जनाएको छ। जसलाई काठमाडौं उपत्यकामा डेलिभरी गर्न प्रयोग गरिने छ।

विशेष गरी धुम्बाराही, चाबहिल, कपन, कुलेश्वर, कालीमाटी, न्यूरोड, नागार्जुन, पुलचोक, सानेपा, जावलाखेल लगायतका केही क्षेत्रका ग्राहकलाई सामान पुर्याकउन विद्युतिय बाइकको प्रयोग गरिने कम्पनीले जनाएको छ।

यो नयाँ पहलमार्फत्, दराजले आयातित इन्धनको खपतलाई स्वदेशमै उत्पादन हुने ‘क्लिन एण्ड ग्रिन’ बिजुलीले प्रतिस्थापन गर्ने र वातावरणमा कार्बन फुटप्रिन्ट कम गर्ने अपेक्षा गरेको छ। साथै, कम्पनीले दुई र चार पाङ्ग्रे दुवै खण्डमा आफ्नो फ्लीटमा विद्युतीय सवारी साधनको संख्यालाई थप विस्तार गर्ने योजना रहेको पनि बताएको छ।

दराजकी प्रबन्ध निर्देशक आँचल कुँवर भन्छिन्, ‘दराजमा दिगो तथा वातावरणमैत्री सञ्चालनतिरको थप एक कदम हो। हाम्रा डेलिभरी सवारी साधनहरूमा १० वटा विद्युतीय स्कुटरहरू थपिएका छन्।’

उनले वातावरणमा कार्बल फुटप्रिन्ट कम गर्नका लागि दराजले कोसिस गरिरहने बताइन्। उनले अघि भनिन्, ‘हामी हाम्रो प्याकेजिङ्गको लगभग ८० प्रतिशत कामको लागि पुनस् प्रयोग गरिएको कागज प्रयोग गर्दछौं र पूर्ण रूपमा कागजविहीन जाने प्रयास गर्दैछौं। हामीले हाम्रो थसिखेल हबमा रेन वाटर हार्वेस्टिङ प्रणाली पनि लागू गरिरहेका छौं।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *