सडक विभागले दियो चाइना स्टेट कन्स्ट्रक्सनलाई काम सुधार्न अन्तिम मौका

 ग्लोबल टिभि      मङ्लबार, अशोज ११, २०७९      0

असोज ११ –नारायणगढ–बुटवल सडक योजना कार्यालयले चाइना स्टेट कन्स्ट्रक्सन कम्‍पनीलाई कार्य सुधारको र कार्य गतिको लागि अन्तिम मौका दिएर सूचना जारी गरेको छ । नारायणगढ–बुटवल सडक विस्तारमा पटक–पटक ताकेता गर्दा पनि काममा ढिलाइ गरेपछि गत आइतबार नारायणगढ–बुटवल सडक योजना कार्यालयले कडा चेतावनीसहित सूचना जारी गरेको छ ।

१ सय ३३ किलोमिटर दूरी रहेको यस आयोजनाको आर्थिक वर्ष ०७५–७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो । करार सम्झौताअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । तर, निरन्तर म्याद थप गर्दा पनि कार्यशैलीमा सुधार नगरेको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कार्यसुधारको लागि यो अन्तिम मौका भएका बताए ।

धेरै पटक ताकेता गरिएको छ, अहिले सर्वसाधारणले धेरै दुःख पाएका छन् । दसैँलाई लक्षित गरेर काम गर्न पनि भनियो केही सुधार देखिएको छैन, उनले भने अब अन्तिम मौका हो । मेसिन र जनशक्ति बढाएर छिटो काम सक्नेतर्फ केन्द्रित नभए ठेक्का तोड्नैपर्ने हुन्छ । सूचना अनुसार यो समय कात्तिक १ गतेसम्मको लागि दिइएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *