वर्षाले खोटाङमा एउटा घर ढल्यो, विभिन्न ठाउँमा बाटो अवरुद्ध

 ग्लोबल टिभि           0

असोज १४ –भारी वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ। गए रातिको वर्षाका कारण बस्नेतको तीनतले घर भत्किएको हो ।

घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ। वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ। नारायण राईको घरमा भलपानी पस्दा बस्न नमिल्ने भएको छ।

वर्षापछि वडाका विभिन्न ठाउँमा पहिरो खस्दा ठूलो क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए। पहिरोले कतिपय स्थानीयको खोर पुरिँदा बाख्रासमेत मरेका छन् । ‘पीडित राहतका लागि फोन गर्न थालेका छन्’, उनले भने।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जिल्लामा मानवीय क्षति नभएको जानकारी दिए। वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध छन्। दशैँ तिहार र छठ मनाउन विभिन्न ठाउँबाट घर फर्किएका सर्वसाधारण पैदलयात्रा गर्न बाध्य छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *