सन्दीपलाई उपस्थित गराइयो जिल्ला अदालत

 ग्लोबल टिभि      सोमवार, अशोज २४, २०७९      0

असोज २४ –एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले जिल्ला अदालत ल्याएको छ।

सोमबार बिहान कार्यालय खुल्नेवित्तिकै प्रहरीले सन्दीपलाई जिल्ला अदालतमा ल्याएको हो। अदालतमा म्याद थप गर्ने तयारी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ।

गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासतमा छन्।

दशैं बिदाका कारण प्रहरीले म्याद थप गर्न नसकेको हो। सोमबारअदालतबाट म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरीने प्रहरीले जनाएको छ।

१७ वर्षीया किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *