वीरगञ्जमा करेन्ट लागेर २ जनाको मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, अशोज २५, २०७९      0

असोज २५ –पर्साको वीरगञ्जमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धोबिनी गाउँपालिका–३ घर भएका ३० वर्षीय सैफुल्ला अन्सारी र वीरगञ्ज महानगर–९ रानिघाट घर भएका ६० वर्षीय ध्रुव प्रसाद शाह छन् ।

वीरगञ्ज महानगरपालिका–२६ मा घर प्लाष्टर गरिरहेका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले बताए ।

६० वर्षीय शाहलाई घरको छाना सफा गर्ने क्रममा करेन्ट लागेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *