लोक सेवा परीक्षाका नक्कली परीक्षार्थी भटिए सुरक्षा निकायका विज्ञापनमा

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक १, २०७९      0

कात्तिक १ –लोक सेवा आयोगको परीक्षामा अनियमितता गर्नेमध्ये अधिकांश सुरक्षा निकायतर्फका विज्ञापनका परीक्षार्थीहरु रहेको पाइएको छ । सुरक्षा निकायतर्फ पनि नेपाल प्रहरीको परीक्षामा सबैभन्दा बढी अनियमितता हुने गरेको छ ।

आयोगका अनुसार अनियमितताको प्रकार हेर्दा ८६.४८ प्रतिशत नक्कली परीक्षार्थी रहेका छन् । चिट चोरेको, नक्कली परीक्षार्थी खटाएको, इलेक्ट्रोनिक्स डिभाइस (साइन्टिफिक क्याल्कुलेटर, स्मार्ट वाच, मोबाइल आदि) प्रयोग गरेको, उत्तरपुस्तिकामा गलत रोल नम्बर लेखेको, रोल नम्बर लेख्न नहुने ठाउँमा पनि लेखेको, उत्तर पुस्तिका आफैंसँग लिएर गएको र नियमविपरीत सहयोगी लेखक राखेको लगायतलाई आयोगले अनियमितताको प्रकारको रुपमा सूचीकृत गरेको छ ।

आर्थिक वर्ष २०७८–०७९ को अवधिमा आयोगबाट सञ्चालित परीक्षाहरूमा ७ जना महिला र ५३ जना पुरुष गरी ६० जना परीक्षामा अनियमितता गरेका कारण कारवाहीमा परेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *