ग्लोबल टिभि
मङ्लबार, कार्तिक ८, २०७९
0
कात्तिक ८ –चितवनको रत्ननगरस्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१ सौराहा चोकमा रहेको न्यू कालिका अटो पार्टसमा आज बिहान ३ः५० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलले बिहान ६ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीबाट नयाँ पुराना गरी ३२ वटा मोटरसाइकल जलेका छन् । नयाँ १२ वटा र पुराना २० भन्दा बढी मोटरसाइकल जलेर क्षति भएका छन् । क्षतिको यकिन विवरण आउन बाँकी छ ।
तिहारमा बालिएका बत्तीबाट विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
Post Views: 686
Leave a Reply