सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी कारागार चलान

 ग्लोबल टिभि      बिहिबार, कार्तिक २४, २०७९      0

कात्तिक २४ –प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पाल्पाको रम्भा गाउँपालिका–२ घर भएका ३८ वर्षीय राजकुमार दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डीएसपी रविन्द्र खनालले बताए ।

स्याङ्जा जिल्ला अदालतले २०७८ कात्तिक ३० मा उनलाई १ वर्ष ५ महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए । पक्राउपछि स्याङ्जा जिल्ला अदालतको आदेशले उनलाई कैद भुक्तानका लागी जिल्ला कारागार स्याङजामा चलान गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *