सिन्धुपाल्चोक क्षेत्र-२ मा एमाले उम्मेदवारका छोरा पैसा बाँड्दै हिँडेको आरोपमा पक्राउ

 ग्लोबल टिभि      शनिबार, मंसिर ३, २०७९      0

मंसिर ३ –सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा शनिबार साँझ इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा पैसा र चेकसहित एमालेका प्रदेशसभा उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङको टोलीलाई प्रहरीले पक्राउ गरीएको छ।

मौन अवधिमा पैसा बाँड्दै हिँडेको अवस्थामा एमाले उम्मेदवारका छोरा पक्राउ परेका हुन् ।उनको साथबाट चेकबुक र नगद १ लाख १४ हजार रूपैयाँ बरामद गरेको हो ।

उम्मेदवारका छोरा पैसासहित पक्राउ परेपछि नवलपुर प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको एक प्रहरीले बताए । प्रहरीको गस्ती टोली देखेपछि उनीहरूले बाँकी पैसा भीरमा फालेको न्यौपानेले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *