असोज १९ – काठमाडौं–हेटौंडा आउजाउ गर्ने चारवटा बाटाहरुमध्ये एउटा सडकमात्र खुला रहेको प्रहरीले जनाएको छ ।
फर्पिङ–फाखेल–कुलेखानी खण्ड मात्र खुला रहेको हो । तर यो बाटो पनि एकतर्फीमात्र चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अरु सबै बाटाहरु बन्द छन् । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–पालुङ–हेटौंडा खण्डमा पहिरो खसेकाले बाटो बन्द छ । पहिरो हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ । यसैगरी सातदोबाटो–ठिंगन हुँदै हेटौंडा निस्किने कान्ति लोकपथ पनि पहिरोको अवरुद्ध छ । त्यसैले पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
पालुङ नजिक पर्ने सिस्नेरी बजारको बाटो पनि बन्द रहेको प्रहरीले जनाएको छ ।
कुलेखानी ड्याम खोल्दा बाटो भत्किएको भनेर सामाजिक सन्जालमा भएको हल्ला सत्य नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसपटक कुलेखानीको ड्याम खोल्नै परेको छैन ।
Leave a Reply