श्रीमतीलाई अपशब्द बोल्नेको खुकुरी प्रहार गरी हत्या

 ग्लोबल टिभि      मङ्लबार, कार्तिक १५, २०७९      0

कात्तिक १५ –ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईको खुकुरी प्रहार गरी हत्या भएको छ । यस अभियोगमा खोटाङ साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा रामचन्द्र राईले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको विषयलाई लिएर वादविवाद हुँदा राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीको भनाई छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *