धनुषामा बाल्टिनको पानीमा डुबेर एक जना बालिकाको मृत्यु

 ग्लोबल टिभि           0

मंसिर १६ –बाल्टिनको पानीमा डुबेर धनुषामा एक बालिकाको ज्यान गएको छ। धनुषाधाम नगरपालिका–७ किसनपुर बस्ने सलाहुदिन अन्सारीकी छोरी एक वर्षीया मनु खातुनको आफ्नै घरको आँगनमा रहेको बाल्टिनको पानिमा डुबेर बिहीबार साँझ मृत्यु भएको हो।

आफ्नै घरमा खेलीरहेको अवस्थामा आगँनमा राखिएको बाल्टिनको पानीमा डुबेर बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *