भूमि व्यवस्थामन्त्रीको २५ बुँदे उपलब्धि

 ग्लोबल टिभि           0

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको दावी गरेकी छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री तुम्बाहाङ्फेले मन्त्रालयले भूमि सम्बन्धि सबै समस्या निरुपणको लागि योजनाबद्ध रुपमा काम अघि बढाएको दावी गरेकी हुन् ।

आफुले मन्त्रालयको जिम्मेबारी सम्हालेपछि मुलुकको ७७ वटै जिल्लामा भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति गठन गरेर स्थानीय तहसंग सम्झौता गरी काम अघि बढाएको उनले दावी गरिन् । पदवहालीको सय दिन भित्र मन्त्रालयले सरकारी, सार्वजनिक तथा गुठी जग्गाको छानबिन गर्न गठित आयोगमा पर्न आएका उजुरीहरु छानबिन गरि ३९ विगाहा १५ कठ्ठा जग्गा नेपाल सरकारको नाममा ल्याईएको, व्यक्तिको नाममा दर्ता हुन गएको बाँकेको १७ विगाहा, काठमाण्डौ गोकर्णेश्वर गुठी अन्र्तगतको ८ रोपनी ३ आना समेत गरि ४ सय ३९ विगाहा जिग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याउने काम भएको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन् ।

भूमि र सहकारीको विषयमा धेरै नीतिगत कामहरु पनि भएको उनको दावी छ । २५ बुँदे महत्वपुर्ण उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्री तुम्बाहाङ्फेले संविधानले गरेको व्यवस्था अनुसार भूमि सम्बन्धी अधिकार उपभोग गर्नबाट कसैलाई पनि बञ्चित नगर्ने गरि मन्त्रालयले काम गरिरहेको बताइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *