अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट विनियोजन गर्न नसकिने बताएका छन् । बुधबार अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले कोरोनाको कारण सिर्जित समस्या र स्रोत सिमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको स्पष्ट पारेका हुन् ।
कोरोनाका कारण राजश्व संकलनमा चाप परेको कारण पनि आगामी आर्थिक वर्षको बजेट निर्माणमा खुम्चिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
अनेरास्ववियुले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गरेको छ । यस्तै, शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान र बैंकका प्रत्येक शाखाले न्यूनतम २० जना विद्यार्थीलाई प्रमाणपत्र धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न अनेरास्ववियुले माग गरेको छ ।
Leave a Reply