ग्लोबल टिभि
बिहिबार, चैत्र २६, २०७७
0
बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार हजार रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो ।
बिहीबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७३९ डलर तथा चाँदीको मुल्य २५.२० डलर कायम भएको छ ।
Post Views: 1,774
Leave a Reply