ग्लोबल टिभि
0
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेकोले सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभामालाई सम्बोधन गर्दै उनले सतर्कता नअपनाइए जनजिवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने बताए ।
भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने भएकोले सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरे ।
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई सरकारले दिने सेवामा एकद्धार प्रणाली लागु गरिएको जानकारी दिए । प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीसंग आग्रह गरे । उत्पादन बढाई निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।
Post Views: 1,641
Leave a Reply