ग्लोबल टिभि
0
सुनको भाउ सातामा २५ सय रुपैयाँले बढेको छ । एकाएक सुनको भाउ बढ्नुलाई भारतीय मुद्राको अवमुल्यन कारण मानिएको छ । भारतीय मुद्रा अवमुल्यन हुँदा डलर बलियो भयो । जसका कारण उही परिमाण सुन खरीदमा पहिलाको भन्दा बढी मुल्य भुक्तान गर्नुपर्यो ।
नेपाल–भारतबीच स्थिर सटही दरका कारण नेपालमा पनि सुनको भाउ उकालो लागेको हो । सुनको भाउ बढ्नुको अर्को कारण विश्व बजारमा हंगेरी लगायतका मुलुकको केन्द्रिय बैंकले सुन किन्ने योजना अघि सार्नुलाई लिइएको छ । उक्त मुलुकका बैंकहरुले सुन किन्न थालेपछि विश्व बजारमा सुनको माग बढेको कारण मुल्यमा चाप परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपालमा साताको पहिलो दिन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सातान्तमा २५ सय रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
Post Views: 1,804
Leave a Reply