सेयरबजारमा सामान्य सुधार

 ग्लोबल टिभि      आइतवार, चैत्र २९, २०७७      0

सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । आज नेप्से २.७४ अंकले बढेर २६७४.३५ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स्मा भने गिरावट आएको छ । सेयर बजारमा आज २०७ कंपनीका सेयर कारोबार भएका छन् ।

कुल १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर ७१ हजार २ सय ४१ कारोबारबाट ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार रुपैयाँमा किनबेच भएको छ । सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, होटेल तथा पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, जिवन बीमा तथा म्युचल फण्ड समूहका परिसूचक सकारात्मक रहेका छन् ।

व्यापार, जलविद्युत, निर्जीवन बीमा, उत्पादनशील तथा लगानी समूहका परिसूचक भने आरालो लागेका छन् ।चक भने आरालो लागेका छन् । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स् तथा ज्योति लाइफ इन्सुरेन्स्का सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने युनिभरसल पावर कंपनी, रसुवागढी हाइड्रोपावर कंपनी र अजोड इन्सुरेन्सका सेयरधनीले सबैभन्दा बढी गुमाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *