बीमा समतिको चेतावनी–मिलेमतोमा मात्रै भुक्तानी दिने प्रवृत्ति अन्त्य गर्नुस्

 ग्लोबल टिभि      मङ्लबार, चैत्र ३१, २०७७      0

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको ‘सगरमाथा आरोग्य पोलिसि’ सार्वजनिक कार्यक्रममा अध्यक्ष सिलवालले बीमितलाई भुक्तानी दिने विषयमा समस्या रहेको स्वीकार गरेका हुन् ।

बीमा कम्पनीले मिलेमतोमा मात्रै भुक्तानी दिने गरेको पाइएको भन्दै अध्यक्ष सिलवालले यसलाई सुधार्न निर्देशन समेत दिए । मिलेमतो हुने बीमितले समय भन्दा अगाडि नै भुक्तानी पाउने तर मिलेमतो नभए भुक्तानी पाउनै नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उनको जोड छ । रेट कटिङ, उधारो बीमा र भुक्तानीमा मिलेमतो लगायतका समस्यालाई सुधार नगर्दा सम्म बीमा क्षेत्रको विकास सम्भव नभएको उनको ठम्याइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *