प्रधानमन्त्री भन्छन् सबै ठिकठाक–तर, तथ्याङकले यस्तो देखाउँदैन

 ग्लोबल टिभि           0

भरत रावल । नयाँ बर्षको उपलक्ष्यमा शुभकामना दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल उपलब्धिमुलक रहेको बेलिविस्तार लगाए । २०७७ साल सुरु नहुँदै लगाइएको लक डाउनले अर्थतन्त्रमा ठूलो असर गर्ने धेरैको आँकलन भएपनि सरकारी कुशलताका कारण अर्थतन्त्रमा ठूलो क्षती नपरेको प्रधानमन्त्री ओलीको जिकिर छ ।
उनले अहिले पनि दैनिक १२ वटा आवास गृह र साँढे ५ किलोमिटर सडक निमार्ण भईरहेको दावी गरे ।

तर, वास्तविकता भने प्रधानमन्त्रीले दावी गरेजस्तो छैन । आवास कार्यक्रम सुरु भएको तीन बर्ष भइसक्दापनि कुनै पनि स्थानमा आवास कार्यक्रम पुरा हुन सकेको छैन् । जनता आवास कार्यक्रम अन्तरगत पक्कि घर दिने भन्दै धनुषाको बसहियामा रहेको मुसहरका घर भत्काइए पनि साढे एक बर्ष सम्म निमार्ण कार्य अघि बढन सकेको छैन् ।

पक्कि घर दिने नाममा मुसहरका घर भत्काइएपछि अहिले विपन्न मुसहर समुदाएको बिचल्ली भएको छ । त्यस्तै जनता आवास कार्यक्रम अन्र्तगत कर्णाली प्रदेशमा निमार्ण भईरहेका घरहरु पनि सरकारले हस्तान्तरण गर्न सकेको छैन् ।

प्रधानमन्त्रीको भनाइमा अर्थविद् मुक्ति अर्याल सहमत छैनन् । अहिलेको विकास सरकारी प्रयत्नले भन्दापनि स्वभाविक रहेको उनको बुझाइ छ । प्रधानमन्त्रीले भने जस्तो अर्थतन्त्रका कुनै पनि क्षेत्रले फड्को नमारेको उनी बताउछन् । कतिपय अर्थविद्भने प्रधानमन्त्रीले आधार हीन कुरा गर्ने भएकोले टीप्पणी गर्नु उचित नहुने तर्क गर्छन् ।

प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गको निमार्ण धमाधम भईरहेको बताएपनि तराईको लाईफ लाईनको रुपमा रहेको यो सडक २०३५ साल देखि निर्माण सुरु भएपनि अझै पुरा भएको छैन् । ओलीले भाषणमा पटक–पटक दोहोर्याएका तर काम कत्ति पनि अघि नबढेको क्षेत्र हो–रेल । मुलुकमा औद्योगिक वातावरण बनेको प्रधानमन्त्रीको भनाइलाई पनि तथ्याङकले पुष्टी गर्देन । २ बर्ष देखि भैरहवा सेजमा प्रमुखको नियुक्ति हुन सकेको छैन् भने स्थापना भएका उद्योग समेत धमाधम बन्द भइरहेका छन् ।

निजी क्षेत्र लगानीको वातावरण नबनेको भन्दै लगानी गर्नबाट पन्छिरहेका छन् ।
२०७७ मा कोभिडबाट सबै भन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको र त्यसलाई पुनःउत्थान गरिने बताएपनि सरकारले ल्याएको राहत प्याकेज अझै पनि आफुले पाउन नसकेको पर्यटन व्यवसायीहरु बताउछन् । ट्रेकिङ्ग एजेन्सि एसोशियसनले पटक पटक समबन्धित निकायलाई पत्र लेखे पनि हाल सम्म राहात पाउन नसकेको गुनासो गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *