ग्लोबल टिभि
सोमवार, बैशाख ६, २०७८
0
सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । सोमबार नेप्से ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा कायम भएको छ ।
आज सेयर बजारमा २ सय १३ कंपनीका सेयर कारोबार भएका छन् । कुल १ करोड ४२ लाख ७ सय ६८ कित्ता सेयर ७३ हजार ५ सय ८२ कारोबारबाट ६ अर्ब ७६ करोड ६८ लाख १ हजार रुपैयाँमा किनबेच भएको छ ।
सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये जलविद्युत तथा वित्त समूहका परिसूचक सकारात्मक छन् । वाणिज्य तथा पवकास बैंक, होटेल, जिवन तथा निर्जीवन बीमा, म्युचल फण्ड, उत्पादनशील, माइक्रोफाइनान्स तथा लगानी समूहका परिसूचक भने ओरालो लागेका छन् ।
Post Views: 1,067
Leave a Reply