एकैदिन तोलामा १ हजार ३ सयले बढ्यो सुनको मूल्य

 ग्लोबल टिभि      बुधबार, बैशाख ८, २०७८      0

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन तोलामा अधिकतम १ हजार ३०० रुपैयाँले वृद्धि भई ९२ हजार रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९२ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य पनि बुधबार प्रति तोला १० रुपैयाँले वृद्धि भएको भएको छ । महासंघका अनुसार मंगलबार प्रति तोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य बुधबार १० रुपैयाँले बढेर प्रति तोला एक हजार ३१० रुपैयाँ कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *