ग्लोबल टिभि
0
साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ४ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७७९ डलर तथा चाँदीको मुल्य २६.०८ डलर कायम भएको छ ।
Post Views: 1,778
Leave a Reply