भरत रावल । कोरोना संक्रमण तीव्र दरमा फैलदै गएपछि त्यसको असर पूँजी बजारमा पनि देखिएको छ । कोभिडका कारण बजार बन्द हुन सक्ने हल्लाका कारण लगानी कर्ताहरुमा त्रास बढ्दा आईतबार सेयर बजारमा ७५ अंकको गिरावट आयो । गत बर्ष कोरोनाका कारण कारण झण्डै चार महिना बन्द भएको सेयर बजार उक्त अवधिमा २ सय अंकले घटेको थियो । बजार घट्नुलाई कोरोना त्रास मात्रै कारण नरहेको लगानीकर्ता बताउँछन् ।
। नेपाल इन्भेष्टर्स फोरका अध्यक्ष छोटेलाल रौनियार यस बर्ष बजार बन्द नहुने र लगानीकर्ताले नाफा बुक गरेका कारण बजार घटेको तर्क गर्छन् । उनले भने ‘गत बर्ष एक प्रतिशत मात्रै अनलाइन कारोबार हुन्थ्यो । तर, यस बर्ष बढेर ९० प्रतिशतसम्म पुगेको छ । त्यसैले लकडाउन भैहालेपनि बजार बन्द हुँदैन ।’
आईतबार शेयर बजार परिसूचक नेप्से ७५.७९ अंकले घटेर २५७२.२१ बिन्दुमा कायम भएको छ । कारोबार भएका २१५ कम्पनी मध्ये ५ वटा कंपनीको सेयर मुल्य बढेको छ भने अन्य सबै कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै चन्द्रगिरी हिल्सका सेयरधनीले ८.४३ प्रतिशतले गुमाएका छन् । त्यस्तै,नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीले ८.१९ प्रतिशतले गुमाएका छन् भने महिला लघुवित्त र विशाल बजार कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
आइतबार १ करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रुपैयाँमा किनबेच भएको छ ।
Leave a Reply