बीबीसी । विल गेट्स र उनकी धर्मपत्नी मेलिन्डा गेट्सले २७ वर्ष लामो बैवाहिक सम्बन्धको अन्त्य गरेका छन् ।
बीबीसीले बिल र मेलिन्डाले करिब तीन दशक लामो बैवाहिक जीवनको अन्त्य गरी सम्बन्ध बिच्छेद गरेको उल्लेख गरेको छ ।माईक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र मेलिन्डाका बीचमा सन् १९८७ मा पहिलो भेट भएको थियो । माइक्रोसफ्ट कम्पनीकी प्रोडक्ट म्यानेजरको रुपमा काम गर्न सुरु गरेकी मेलिन्डा र बिलका बीचमा सोही वर्ष न्यर्योकमा आयोजित एक रात्री भोजमा भेट भएको थियो । सोही भेटबाट गाँसिएको सम्बन्ध सन् १९९४ मा विवाहमा परिणत भएको थियो । उनीहरुले अमेरिकाको लुनाई स्थित हवाई दिपमा विवाह गरेका थिए ।
गेट्स दम्पतीका तीन सन्तान छन् भने बिल गेट्स एण्ड मेलिन्डा गेट्स फाउण्डेशनको स्थापना गरी दुवै सामाजिक कार्यमा सक्रिय छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत सम्बन्ध बिच्छेदको औपचारिक जानकारी दिँदै दुवैले बांकी जीवन एक अर्काका जोडीको रुपमा अघि बढ्न सक्ने विश्वास आफूहरुमा नरहेको तर फाउण्डेशनमा भने दुवैले संगै काम गर्ने जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । फोब्र्सका अनुसार बिल गेट्स १ सय २४ अर्ब डलरसहित विश्वका संसारकै धनी अर्बपतिहरुको सूचिमा चौथो नम्बरमा रहेका छन् ।
सन् १९७० को दशकमा बिल गेट्सले माईक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए भने परोपकारी काममा संक्रिय हुने भन्दै गत वर्ष कम्पनीको बोर्डबाट राजीनामा दिएका थिए । माईक्रोसफ्ट कम्पनी विश्वकै ठूलो सफ्टवयर कम्पनी हो ।
Leave a Reply