सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ त कारोबार ?

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २१, २०७८      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुन तथा चाँदीको मुल्य मंगलबार बढेको छ । सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार २ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार चाँदीको भाउ पनि बढेको छ । सोमबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला २५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७ सय ९४ डलर तथा चाँदीको मुल्य २६.९८ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *