अनावश्यक रुपमा खाद्यवस्तु सञ्चय नगर्न उपभोक्तामा विभागको आग्रह

तीन महिनालाई पुग्ने दैनिक उपभोग्य वस्तुको मौज्दात छ-विभाग

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २१, २०७८      0

चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि मौज्दात रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले दैनिक उपभोग्य वस्तु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताएका हुन् ।

उपभोग्य खाद्यबस्तुको आपुर्ति सहज रुपमा भैरहेको उनले दावी गरे । बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उनले उपभोक्तालाई आवश्यकता भन्दा बढी संचय नगर्न आग्रह गरे । खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले आग्रह गरे । बजार अवस्थाबारे विभागले दैनिक रुपमा अनुगमन गरिरहेको पनि उनको भनाइ छ ।

उनले अत्यावश्यक स्वास्थ्य सामाग्रीको नियमित आपूर्ति भइरहेको पनि जानकारी दिए । यता, उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने बजारमा आपूर्तिको समस्या नभएपनि अस्वभाविक रुपमा मुल्यवृद्धि भने भइरहेको आरोप लगाए । विषम परिस्थितिको मौका छोपेर बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित काराकारसम्मको कारबाही हुनुपर्नेमा उपभोक्ता अधिकारकर्मीको जोड छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *