सेयर बजारमा सामान्य सुधार

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २१, २०७८      0

सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेप्से १.९४ अंकले बढेर २६५४.६९ अंकमा कायम भएको छ । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार भएको छ । मंगलबार सेयर बजारमा २ सय १३ कंपनीका सेयर कारोबार भएका छन् । कुल १ करोड ३० लाख १५ हजार १ सय ८३ कित्ता सेयर ६८ हजार ३ सय १९ कारोबारबाट ६ अर्ब ५ करोड २२ लाख ३६ हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचक मध्ये व्यापार, जलविद्युत, उत्पादनशील, लघुवित्त, लगानी तथा म्युचल फण्ड समूहका परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य बैंक, होटेल, विकास बैंक, वित्त, जीवन तथा निर्जीवन बीमा तथा अनय समूहका परिसूचक भने ओरालो लागेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *