एयरपोर्टमा नेपाल छोड्नेको भिड

 ग्लोवल टि.भी.      मङ्लबार, बैशाख २१, २०७८      0

अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेको भिड बढेको छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा गरेपनि हवाइ उडान सुचारु थियो ।

आन्तरिक तर्फको सबै उडानमा मंगलबार रातीबाट रोक लगाइएको छ भने अन्तर्राष्ट्रिय उडान आगामी २३ गते बाट रोकिदैछ । अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि विमानस्थलमा नेपाल छोडेर जानेको भिड बढेको हो । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *