ग्लोबल टिभि
बुधबार, बैशाख २२, २०७८
0
स्थानीय बजारमा उचारचढावपूर्ण रहेको सुन तथा चाँदीको भाउमा बुधबार गिरावट आएको छ । मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
बुधबार चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १३ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७८१ डलर तथा चाँदीको मुल्य २६.५५ डलर कायम भएको छ ।
Post Views: 975
Leave a Reply