नेप्सेमा गिरावट, कारोबार रकम भने बढ्यो

 ग्लोबल टिभि      बुधबार, बैशाख २२, २०७८      0

सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । नेप्से ५.०९ अंकले घटेर २६४९.६० विन्दुमा कायम भएको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने बृद्धि भएको छ । आज २१८ कंपनीका १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता सेयर ७८ हजार ७ सय ७१ कारोबारबाट ६ अर्ब २१ करोड ६८ लाख १४ हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार, जलविद्युत, वित्त तथा निर्जीवन बीमा समूहको परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य तथा विकास बैंक, होटेल, उत्पादनशील, लघुवित्त, जिवन बीमा, म्युचल फण्ड तथा लगानी समूहका परिसूचक ओरालो लागेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *