कोरोनाले अर्थतन्त्रमा चुनौती थप्यो–अर्थमन्त्री

समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका प्रयासमा दख्खल

 ग्लोवल टि.भी.      बुधबार, बैशाख २२, २०७८      0

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाको दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । दक्षिण एसियाली सहयोग संगठन (सार्क)का अर्थमन्त्रीको अनौपचारिक बैठकमा अर्थमन्त्री पौडेलले परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्न गरिएको बताए ।

यद्यपी, निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपूर्ण नै रहने उनको भनाइ छ । अर्थतन्त्रमा केही सुधार देखिएको अवस्थामा कोरोनाको दोस्रो लहरले निक्कै ठूलो धक्का दिएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

पर्यटन, उत्पादन र अन्य सेवा क्षेत्रमा गम्भिर असर पुगेको पनि अर्थमन्त्री पौडेलले बताए । कोरोनाको प्रभावले प्रतिव्यक्ति आम्दानी र रोजगारीमा व्यापक कटौती, व्यवसायमा ह्रास र मागमा शिथिलता आएको उनको भनाइ छ ।

यसले समावेशी बृद्धि, मानव विकास र गरिबी निवारणका प्रयासहरुमा चुनौती थपिदिएको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *