सुनको भाउ बढ्यो, चाँदीको भने घट्यो

 ग्लोबल टिभि      बिहिबार, बैशाख २३, २०७८      0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको भाउ बिहीबार बढेको छ । बुधबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला ३ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको भाउ भने घटेको छ ।

चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १७८८ डलर तथा चाँदीको मुल्य २६.५३ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *