सेयर बजारमा दोहोरो अंकको गिरावट

 ग्लोबल टिभि      बिहिबार, बैशाख २३, २०७८      0

सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । बिहीबार नेप्से १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा कायम भएको हो । ‘क’ वर्गका कंपनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । बिहीबार सेयर बजारमा २ सय १६ कंपनीका सेयर कारोबार भएका छन् ।

कुल १ करोड ५९ लाख ८० हजार ८ सय १५ कित्ता सेयर ८० हजार १ सय ४१ कारोबारबाट ६ अर्ब ८१ करोड ९१ हजार रुपैयाँमा किनबेच भएको छ । सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, वित्त तथा लगानी समूहका परिसूचक सकारात्मक रहेका छन् ।

व्यापार, होटेल, विकास बैंक, जलविद्युत, जिवन तथा निर्जीवन बीमा, उत्पादनशील, लघुवित्त तथा म्युचल फण्ड समूहका परिसूचक भने ओरालो लागेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *