विश्वासको मत प्राप्त गर्नुअघि पूर्ण बजेट ल्याउन मिल्दैन–पूर्व अर्थमन्त्री

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ४, २०७८      0

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा.रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । उनले संचारकर्मीसंग कुरा गर्दै सरकारले विश्वासको मत प्राप्त गर्नुअघि पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । पूर्ण बजेट ल्याउन सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्नेमा उनको जोड छ ।

अहिलेको सरकार अनिश्चित रहेको र ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने बाध्यतामा रहेको नेता महतको भनाइ छ । विश्वासको मत नलिईकन आगामी आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याउनु उचित नहुने उनको तर्क छ ।

सरकारले विश्वासको मत प्राप्त नगरि बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा.महत सुझाउँछन् । बिगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उनले अन्य राजनीतिक पार्टीसँग पनि छलफल गरेर कामचलाउ बजेट ल्याउनुपर्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *