सेयर बजारमा उछाल, कारोबार रकम ११ अर्ब माथि

 ग्लोवल टि.भी.      मङ्लबार, जेष्ठ ४, २०७८      0

सेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका कारण अन्यत्र लगानी हुन नसकेको र लगानीकर्ता सेयरमा आकर्षित भएको कारण पनि बजार उचालिएको हो ।

नेप्से ३४.६८ अंकले बढेर २७९३.८९ विन्दुमा कायम भएको छ । आज सेयर बजारमा २१५ कंपनीका सेयर कारोबार भएका छन् । कुल २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर १ लाख १५ हजार ९ सय ६१ कारोबारबाट ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये उत्पादनशील समूहको परिसूचक नकारात्मक छ । बाँकी सबै समूहका परिसूचक उकालो लागेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको २ सय ४ अंकले बढेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *