ग्लोबल टिभि
बुधबार, जेष्ठ ५, २०७८
0
केहीदिन यता लगातारजसो बढेको सेयर बजार परिसूचक नेप्से बुधबार भने सुस्ताएको छ । नेप्से १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा कायम भएको छ । ‘क’ वर्गका कंपनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ ।
सेयर बजारमा बुधबार २१४ कंपनीका सेयर कारोबार भएका छन् । कुल २ करोड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता सेयर १ लाख ३२ हजार ३ सय ६९ कारोबारबाट ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँमा किनबेच भएको छ ।
सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, व्यापार, होटेल, वित्त तथा म्युचल फण्ड समूहको परिसूचक सकारात्मक रहेका छन् । विकास बैंक, जलविद्युत, जिवन तथा निर्जीवन बीमा, उत्पादनशील, लघुवित्त तथा लगानी समूहका परिसूचक ओरालो लागेका छन् ।
Post Views: 1,136
Leave a Reply