सेयर बजारमा सुधार, कारोबार रकम भने घट्यो

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ६, २०७८      0

सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । विहीबार नेप्से ६.३७ अंकले बढेर २७८७.१८ विन्दुमा कायम भएको छ । विहीबार सेयर बजारमा २१४ कंपनीका सेयर कारोबार भएका छन् । कुल २ करोड १ लाख ३३ हजार ६ सय २ कित्ता सेयर १ लाख ६ हजार ३ सय ९९ कारोबारबाट ९ अर्ब ३० करोड ५२ लाख २२ हजार रुपैयाँमा किनबेच भएको छ ।

सेयर बजारमा सूचीकृत समूहगत परिसूचकमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्त, म्युचल फण्ड तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन् । व्यापार, होटेल, जलविद्युत, जीवन तथा निर्जीवन बीमा, उत्पादनशील, लघुवित्त तथा लगानी समूहका परिसूचक भने ओरालो लागेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *