ग्लोवल टि.भी.
आइतवार, जेष्ठ ९, २०७८
0

सेयर बजारमा उत्साह छाएको छ । आइतबार नेप्से परिसूचक र कारोबार रकम दुबै बढेका छन् । नेप्से परिसूचक ३२ दशमलब आठ एक अंकले बढेर २८ सय २० विन्दुमा कायम भएको छ । आज कारोबार रकम पनि ११ अर्ब रुपैयाँ नाघेको छ ।
कुल २ सय २० कंपनीका सेयर कारोबार भएका छन् । २ करोड ५१ लाख ६३ हजार ६ सय ६० कित्ता सेयर १ लाख २६ हजार १ सय २४ कारोबारबाट ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार रुपैयाँमा किनबेच भएको छ । सेयर बजारमा सूचीकृत समूहगत परिसूचक मध्ये वाणिज्य बैंक, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, उत्पादनशील, जीवन बीमा, म्युचल फण्ड तथा लगानी समूहका परिसूचक सकारात्मक रहेका छन् । होटेल, निर्जीवन बीमा तथा लघुवित्त समूहका परिसूचक भने ओरालो लागेका छन् ।
Post Views: 568

Leave a Reply