सुनको मुल्यमा गिरावट, चाँदीको भने बढ्यो

 ग्लोबल टिभि           0

स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको मुल्यमा मंगलबार गिरावट आएको छ । चाँदीको मुल्य भने बढेको छ ।

सोमबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला सय रुपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मुल्य भने बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १८८३ डलर तथा चाँदीको मुल्य २७.८७ डलर कायम भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *